दाङमा गाडी दुर्घटना हुँदा तीन पत्रकारसहित ६ जना घाइते

दाङमा गाडी दुर्घटना हुँदा तीन पत्रकारसहित ६ जना घाइते
बिहिबार, अशोज ८, २०७७

दाङमा – दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा स्कार्पियो गाडी दुर्घटनामा हुँदा तीन पत्रकारसहित छ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएका हुन् ।

त्यसैगरी दुर्घटनामा पत्रकार केसीकी १५ वर्षीया बहिनी नोखा केसी, गाडी चालक सल्यानकै सन्तोष बुढाथोकी र दाङको तुलसीपुरका प्रकाश वली पनि घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमत खड्काका अनुसार अहिले उनिहरुको उपचार भइरहेको छ ।