बारामा नक्कली नेपाली नोटसहित २ जना पक्राउ

बारामा नक्कली नेपाली नोटसहित २ जना पक्राउ
बिहिबार, अशोज ८, २०७७

बारा – प्रहरीले बाराको सिम्रौनगढ नगरपालिकाबाट १ हजार दरका १२ सय थान नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चोरीको मोबाइल खरिद बिक्री भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले दुईजनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारागढी गाउँपालिकाका २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारीका २७ वर्षीय सन्दीपकुमार रहेको प्रहरीले जनाएको छ ।

उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको तथा मोबाइल खरिद गर्ने व्यक्तिहरूले ती नोट दिई ३० थान मोबाइल लिई फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।