ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु

ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु
बिहिबार, अशोज ८, २०७७

ओखलढुंगा – ओखलढुंगा सिद्धिचरण नगरपालिका भँडारेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार करेन्ट लागेर मोलुङ गाउँपालिका – १ कुन्तादेवी घर भएका २८ वर्षीय परनेश खत्रीको मृत्यु भएको हो । मृतक मोलुङ खोला हाईड्रो पावरका कर्मचारी थिए ।

मोलुङ खोला हाईड्रो पावरको ट्रान्समिसन लाईनमा सुपरभाईजरको रूपमा कार्यरत खत्रीले विद्युत सप्लाईको मर्मतको लागि जम्पर छुटाउन पोलमा चढ्दा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।

उपचारको लागि सामुदायिक अस्पताल सोब्रु मिसन ओखलढुंगा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो ।