नेपालमा थप १४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप १४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
बिहिबार, अशोज ८, २०७७

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे ।

यो सँगै अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।