नेपालमा थप १७ जना कोरोना भाइरस संक्रमितको मृत्यु

नेपालमा थप १७ जना कोरोना भाइरस संक्रमितको मृत्यु
बिहिबार, अशोज ८, २०७७

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

यसअघि बुधाबार ७ जनाको मृत्यु भएको थियो । त्यसैगरी आज ४५७ संक्रमित निको भएका छन् ।