काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना पुष्टि
बिहिबार, अशोज ८, २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना गरी जम्मा ७५५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यो सँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १९ हजार ४ पुगेको छ।