नेपालमा ७२.७ प्रतिशतले जिते कोरोना, पछिल्लो २४ घण्टामा ४५७ डिस्चार्ज

नेपालमा ७२.७ प्रतिशतले जिते कोरोना, पछिल्लो २४ घण्टामा ४५७ डिस्चार्ज
बिहिबार, अशोज ८, २०७७

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४५७ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ५० हजार ४११ पुगेको छ । यो ७२ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये १ हजार ४९७ मा कोरोना पोजेटिभ देखिएको थियो ।

अहिलेसम्म ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा अहिले १८ हजार ४३७ जनामा संक्रिय संक्रमण छ । उनीहरुमध्ये ९ हजार ८२३ जना होम आइसोलेसनमा छन् । ८ हजार ६१४ संस्थागत आइसोलेसनमा छन् ।