मिर्गौला रोगबाट बच्न अपनाउनुपर्ने यस्तो तरिका

मिर्गौला रोगबाट बच्न अपनाउनुपर्ने यस्तो तरिका
शनिबार, अशोज १०, २०७७

काठमाडौं – पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दै गएको छ । यसको मुख्य कारण पनि खानपान र जीवनशैली नै हो । तसर्थ मिर्गौला रोग लाग्नबाट बच्न निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. शरीरलाई सकेसम्म श्रम पर्ने, पसिना निस्कने काममा सक्रिय बनाउनु पर्दछ ।
२. आराम गरेर दिन काट्नु भन्दा काम नभए पनि व्यायाम वा शारीरिक श्रम गर्नु पर्दछ ।
३. अनियमित सुत्ने, उठ्ने र खाने बानी त्यागेर नियमित गर्नुपर्दछ ।
४. अनिन्द्राले समेत मिर्गौला रोगको जोखिम बढाउँने भएकाले ८ घण्टा सुत्न आवश्यक छ ।
५. लगातार एकै स्थानमा घण्टौ बसिरहनु हुदैन यसले पनि मिर्गौलाको रोग हुन सक्छ ।
६. पिसाब लाग्नासाथ गरीहाल्नु पर्दछ । रोकेर राख्दा यसले पनि मिर्गौलामा हानि पार्दछ ।
७. अत्यधिक मोटोपन पनि मिर्गौलाको रोगको कारण बन्ने भएकाले वजन घटाउनु पर्दछ ।
८. अत्याधिक मात्रामा जंकफुडको सेवनले पनि मिर्गौलालाई असर पार्दछ ।
९. शरीरमा पानीको मात्र पर्याप्त नभएमा पनि कमै उमेरबाट मिर्गौलाको रोग लाग्दछ ।
१०. यसलाई स्वस्थ राख्न भिटामिन, खनिज, प्रोटिन लगायतका पोषणको सेवन गर्नुपर्दछ ।