सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण

सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण
आइतवार, अशोज ११, २०७७

काठमाडौं-नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सांसद श्रेष्ठले शनिबार कोरोना परिक्षण गराएका थिए । आज उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण देखिएसँगै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजग रहन र पीसीआर परिक्षण गर्न आग्रह गरेका छन् । श्रेष्ठ होम आइसोलेसनमा बसेका छन् ।