ब्याडमिन्टन खेलाडी अभ्यासमा फर्किए

ब्याडमिन्टन खेलाडी अभ्यासमा फर्किए
आइतवार, अशोज ११, २०७७

काठमाडौं-आइतबारबाट त्रिपुरेश्वर स्थित राखेपको कर्भड हलमा ब्याडमिन्टनले अभ्यास सुरु भएको छ ।

लामो समय देखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को असरबाट ठप्प भएको नेपालको खेलकुद अझै चलायमान हुन सकेको छैन ।

गत साताबाट सरकारले निषेधाज्ञा हटाएपछि अन्य क्षेत्र जस्तै खेलकुद पनि फर्किने सोचमा छ ।

लामो समयदेखि बन्द भएको कभर्ड हल सरसफाईको काम समेत भैरहेको छ ।

खेलाडी अभ्यासमा फर्किन पाउनु पनि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन ।

नेपाल ब्याडमिन्टन संघ पनि खेलाडीलाई अभ्यासमा फर्काउन पाउँदा खुसी देखिएको छ । प्रशिक्षणको पहिलो दिन १० खेलाडी उपस्थित थिए ।