आङरिता शेर्पाको सम्झनामा शान्ति पूजा

आङरिता शेर्पाको सम्झनामा शान्ति पूजा
आइतवार, अशोज ११, २०७७

काठमाडौं-गत सोमबार निधन भएका विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको आत्माको चिर शान्तिका लागि आइतबार बौद्धस्थीत शेर्पा गुम्वामा शान्ति पूजा गरिएको छ ।

विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको सोमबार निधन भएको थियो ।

स्वर्गीय शेर्पाको सम्झनामा यम्बु ठमिछो किदुगले शान्ति पूजा गरेको हो ।

यम्बु ठमिछो किदुगका अध्यक्ष मिङ्वा शेर्पाले आङरिता शेर्पाका लागि सरकारले दिएको सम्मानले समस्त शेर्पा समूदाय नै खुसी रहेको बताए ।

उनले आगामी दिनमा शेर्पाको परिवारलाई सरकारले बिशेष व्यवस्था गर्नुपर्ने बताएका छन् ।