मन्त्रीपरिषद् बैठक सम्पन्न

मन्त्रीपरिषद् बैठक सम्पन्न
आइतवार, अशोज ११, २०७७

काठमाडौं-कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डाक्टर दीपक भण्डारी नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई नार्कको कार्यकारी निर्देशकमाा नियुक्त गर्ने निर्णय गरेको महिला बालबालिकामन्त्री पार्वत गुरुङले जानकारी दिए । भण्डारी यसअघि नार्ककै निमित्त कार्यकारीको पदमा थिए ।

६ महिनाभन्दा बढी कायममुकायम हुन नपाउने भएकाले सरकारले भण्डारीलाई नै कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

त्यस्तै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यलाई अख्तियारी दिएको छ ।

बैठकमा कुनै बिशेष एजेण्डामा छलफल नभएको मन्त्री गुरुङले जानकारी दिए । मन्त्रिपरिषद् अघि आइतबार नै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

मन्त्रिपरिषद् पुनर्गठन सम्वन्धमा ओली–दाहालबीच केही दिनयता लगातार छलफल हुँदै आएको छ ।