दश हजार पीसीआर परिक्षण गर्दा १ हजार ५७३ कोरोना संक्रमित थपिए

२४ घण्टामा थप ८८५ संक्रमित डिस्चार्ज

दश हजार पीसीआर परिक्षण गर्दा १ हजार ५७३ कोरोना संक्रमित थपिए
आइतवार, अशोज ११, २०७७

काठमाडौं-नेपालमा आज थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १२३ पीसीआर परिक्षण गर्दा १५७३ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । जसमा १९ हजार १९ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८८५ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ५३ हजार ८९८ पुगको छ ।