काठमाडौं उपत्यकामा ८१३ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ८१३ कोरोना संक्रमित थपिए
आइतवार, अशोज ११, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३ संक्रमित थपिएका छन् । जसमध्ये २३० महिला र ४०३ पुरुष छन् ।

त्यस्तै ललितपुरमा १०४ जना संक्रमित थपिएका छन् । ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भक्तपुरमा ७२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २१ महिला र ५१ पुरुष छन् ।