भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति थापा होम क्वारेन्टाइनमा

भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति थापा होम क्वारेन्टाइनमा
आइतवार, अशोज ११, २०७७

काठमाडौं – भान्सेमा कोरोना भाइरस संक्रमण देखिएसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि होम क्वारेन्टाइनमा बसेका छन् ।

नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै प्रधानसेनापति थापा आजदेखि होम क्वारेन्टाइनमा बसेको जनाएको हो ।

निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरस पोजिटिभ देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेका हुन् ।

प्रधानसेनापति थापा स्वास्थ्य सुरक्षा मापदण्डअपनाएर होम क्वारेन्टाइनमा बसेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।