चिनियाँ दूतावास अगाडि नेविसंघको प्रदर्शन, ६ जना पक्राउ

चिनियाँ दूतावास अगाडि नेविसंघको प्रदर्शन, ६ जना पक्राउ
सोमवार, अशोज १२, २०७७

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उत्रिएका नेता नवराज त्रिपाठीसहित ६ जना विद्यार्थी नेता कार्यकर्ता पक्राउ परेका छन्। सोमबार बिहान चिनियाँ दूतावास अगाडि प्रदर्शन गरिरहेका मध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

नेविसंघका कार्यकर्ताले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन भन्दै चिनिया दूतावासमा प्रदर्शन गरेका छन्। त्रिपाठी चिनौँ सीमाना, जोगाऔँ माटो अभियानका संयोजकसमेत हुन्।

पक्राउ पर्नेहरुमा प्रनिल तामाङ, सुबोध ओली, अर्बत खड्का, दीपेन्द्र खड्कालगायतका नेता छन् ।

कालापानी, सुस्तालगायतका क्षेत्रमा नेपाली भूमि निरन्तर अतिक्रमणमा परिरहेको र समस्या समाधानमा राज्य उदासीन रहिरहेको सन्दर्भमा स्कुल क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नेपाली भूमि र सिमानाबारे सूचित गराउनु नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण जिम्मेवारी रहेको अभियन्ताहरुले बताएका छन्।