रौतहटमा खोलामा डुबेर एक युवकको मृत्यु

रौतहटमा खोलामा डुबेर एक युवकको मृत्यु
सोमवार, अशोज १२, २०७७

रौतहट – रौतहटको कटहरिया नगरपालिका – ९ डुमरियामा एक युवकको खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कटहरिया न.पा.– ९ मुसर टोल वस्ने भरत माझीका २८ वर्षीया छोरा किशोर माझीको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय कटहरियाका सई लतिफ अन्सारीका अनुसार आइतबार साँझ प्रहरी टोलि र स्थानीयको सहयोगमा खोजतलास गर्दा झांजखोलामा डुबेर मृत अवस्थामा खोलाको किनारमा निजको शव फेला परेको हो ।

शवलाई पोष्टमार्टमको लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।