आज १ हजार ३५१ कोरोना संक्रमित थपिए, ७४२ संक्रमित डिस्चार्ज

आज १ हजार ३५१ कोरोना संक्रमित थपिए, ७४२ संक्रमित डिस्चार्ज
सोमवार, अशोज १२, २०७७

काठमाडौं-नेपालमा आज १ हजार ३५१ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

जसमध्ये १९ हजार ६२४ सक्रिय संक्रमित छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।