नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुग्यो

आज थप ४ संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुग्यो
सोमवार, अशोज १२, २०७७

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

त्यस्तै आज १ हजार ३५१ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । जसमध्ये । १९ हजार ६२४ सक्रिय संक्रमित छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा ७४२ कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।