काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिए
सोमवार, अशोज १२, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

उपत्यकामा ८१७ सहित नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमित थपिएका छन् ।