एसिड आक्रमण गर्नेमाथि कडा कारबाहीसहितको अध्यादेश जारी

एसिड आक्रमण गर्नेमाथि कडा कारबाहीसहितको अध्यादेश जारी
File Photo
सोमवार, अशोज १२, २०७७

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ जारी गरेकी छिन् ।

एसिड आक्रमण गर्नेमाथि कडा कारबाहीको व्यवस्थासहित सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी हन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बताएका छन् ।

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरेको हो ।