भन्सार छलेर इलाम ल्याईएको भारतीय मदिरा बरामद

भन्सार छलेर इलाम ल्याईएको भारतीय मदिरा बरामद
मङ्लबार, अशोज १३, २०७७

विनु खड्का

इलाम– भारतबाट भन्सार छलेर नेपाल ल्याईएको सामान इलाम विभिन्न स्थानबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले भारतबाट भन्सार छलेर इलाम ल्याउदै गरेको मदिरा बरामद गरेको हो ।

इलाम नगरपालिका ७ जिरोमा प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिईएको टोलिले सूर्योदय नगरपालिका २ का पुर्ण कुमार तामाङले पशुपतिनगरबाट इलाम लैजादै गरेको मे १ ज २१७६ नंम्बरको मारुती भेन र १३२ बोतल भारतीय सिक्किमे रम बरामद गरेको छ । प्रहरीले भेन चालक तामाङसहित उक्त मदिरा र गाडी कर दाता सेवा कार्यालय इलाममा बुझाएएको छ ।

त्यसै सूर्योदय नगरपालिका १० नयाँचोक स्थित कल्पना तामाङले संचालन गरेको जिम्बा होटल, डम्बर प्रधानले संचालन गरेको एभरेष्ट होटल र पदम प्रधानको होटलबाट लुकाई छिपीइ राखेको सिक्किमे मक्स प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटीएको प्रहरीले उक्त होटलहरुमा खानतलासी गर्दा जिम्बा होटलबाट १४१ बोतल, एभरेष्ट होटलबाट ४८ बोतल र प्रधानको होटलबाट ४८ बोतल गरी जम्मा २३७ बोतल भारतीय सिमिमे मक्स बरामत गरी कर दाता सेवा कार्यालय इलाममा इलाममा बुझाईएको छ ।

त्यसै गरी इलाका प्रहरी कार्यालय पशुपतिनगर बाट खटिएको प्रहरी निरीक्षक रमेश राईकै टोलीले सोमबार बिहान सूर्योदय नगरपालिका २ मानेभन्ञ्याङ रोड छेउ जंगलमा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको एक लाख ३६ हजार ४ सय ८० रुपैंया बराबरको ३० कार्टुन भारतीय रेडबुल र ५ कार्टुन भाडा माझ्ने साबुन बरामद भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी(प्रहरी नायव उपरीक्षक) लालध्वज सुवेदीले जानकारी दिए । पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध कारोबार मौलाउदै गएको छ ।