विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख ११ हजार ९८१

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख ११ हजार ९८१
फाइल तस्वीर
बुधबार, अशोज १४, २०७७

काठमाडौँ– कोरोना संक्रमणका कारण विश्वमा हालसम्म १० लाख ११ हजार ९ बढीको मृत्यु भएको छ ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख ३२ हजार ८ सय नाघेको छ । विश्वभर हालसम्म सक्रिय संक्रमितको संख्या ७६ लाख ८४ हजार नाघेको छ ।

जसमध्ये ६५ हजार ६ सय बढीको अवस्था चिन्ताजनक छ । त्यसैगरी विश्वभर कोरोना मुक्त हुनेको संख्या २ करोड ५१ लाख ३६ हजार नाघेको छ ।

विश्वमा एकैदिन २ लाख ८७ हजार जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टाको अवधिमा ५ हजार ८४३ जनाले ज्यान गुमाएका छन् ।