यस्तो छ आज बजारमा सुनको मूल्य

यस्तो छ आज बजारमा सुनको मूल्य
बुधबार, अशोज १४, २०७७

काठमाडौं – सुनको बुधबार पनि बढेको छ । मंगलबार तोलामा ९ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

हिजो तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १ हजार १ सय ९० रुपैयाँ कायम भइ कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।