कर्मचारीमा कोरोना देखिएका कारण श्रम स्वीकृतीको काम ठप्प

कर्मचारीमा कोरोना देखिएका कारण श्रम स्वीकृतीको काम ठप्प
बुधबार, अशोज १४, २०७७

काठमाडौं – वैदेशिक रोजगार विभाग अन्तर्गत श्रम कार्यालय ताहाचलमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि श्रम स्वीकृति दिने काम बन्द गरिएको छ।

कार्यालयमा कार्यरत एक कर्मचारीमा संक्रमण पुष्टि भएको र अन्यमा पनि लक्षण देखिएपछि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ।

निषेधाज्ञा खोलेसँगै ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो।