नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु
बुधबार, अशोज १४, २०७७

काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ ।

आजै १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।