काठमाडौं उपत्यकामा थप ९०२ जना कोरोना भाइरस संक्रमण

काठमाडौं उपत्यकामा थप ९०२ जना कोरोना भाइरस संक्रमण
बुधबार, अशोज १४, २०७७

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र काठमाडौंमा ११२ जना गरि थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज १२ हजार २०५ जनाको पिसिआर परीक्षण भएको छ।