कञ्चनलपुरमा वडाध्यक्षमाथि अज्ञात समूहबाट आक्रमण

कञ्चनलपुरमा वडाध्यक्षमाथि अज्ञात समूहबाट आक्रमण
बुधबार, अशोज १४, २०७७

कञ्चनलपुर – कञ्चनलपुरको अज्ञात समूहको कुटपिटबाट कञ्चनपुरको बेदकोट नगरपालिका– ९ का वडाध्यक्ष रामसिंह धामी घाइते भएका छन् ।

नगरपालिकाका तीन वडाको जग्गा समस्या समाधानका लागि समिति बनाएपछि मंगलबार राति सुन्दरपुर क्षेत्रमा आक्रमण गर्दा उनी घाइते भएका हुन् ।

धामीको पेट र छातीमा चोट लागेको छ । आफूमाथि ८र१० जनाले आक्रमण गरेको वडाध्यक्ष धामीले उनले जानकारी दिए । बेदकोट नगरपालिका कार्यालयबाट घर फर्क‌ने क्रममा सुन्दरपुरको क्षेत्रीय कृषि तालिम केन्द्र नजिक कल्भर्टमा बाटो ढुकेर बसेको समूहले आक्रमण गरेको उनको भनाइ छ ।