सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
बिहिबार, अशोज १५, २०७७

काठमाडौं – बिहिबार नेपालमा सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेको छ ।

चाँदी आज तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।