बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७ पुग्यो 

बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७ पुग्यो 
बिहिबार, अशोज १५, २०७७

बाँके । बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिहीबार दुईजना कोरोना संक्रमितको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।