रानीपोखरीको बालगोपालेश्वर मन्दिरको गजुर राखियो,  भाइटिकाको दिन खुला गर्ने तयारी

रानीपोखरीको बालगोपालेश्वर मन्दिरको गजुर राखियो,  भाइटिकाको दिन खुला गर्ने तयारी
बिहिबार, अशोज १५, २०७७

काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो, भाइटिकाको दिन मन्दिर खुला गर्ने तयारी

रानीपोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिरमा आज गजुर प्रतिस्थापन गरिएको छ ।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि आज सुनको लेपन भएको गजुर राखिएको हो ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पूननिर्माण गरिएको छ । वि. सं. १८९० सालको भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर यसपटक फेरी पुरानै शैलीमा पूननिर्माण गरिएको हो ।

मन्दिरको शिरमा रहेको गजुरको कुल उचाई ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव भरत प्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको बताए ।

मन्दिरको गजुर १ सय २३ दशमलव सात पाँच किलो ग्राम ताम्रपत्र प्रयोग गरिर निर्माण गरिएको छ ।

मुख्य गजुरमा मात्रै २५.७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको उनले

२०७२ साल माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुननिर्माणको शिलान्यास गरेपपछि पुननिर्माणको काम सुरु भएको थियो । तर बीचमा आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो ।

त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम सकिने चरणमा आइपुगेको छ ।

प्राधिकरणका सहसचिव अर्यालले यसपटकको भाइटिकाको दिन मन्दिर खुला गर्नेगरी पुननिर्माणका सबै प्रक्रियालाई सम्पन्न गर्ने योजना अनुसार काम भैरहेको बताए । बताउनुभयो ।

अब मन्दिर भित्र रहने मुर्तिहरुको प्राण प्रतिष्ठा गरि प्रतिस्थापन गरेपछि औपचारिक रुपमा उद्घाटन गरिने छ ।