रौतहटमा प्रहरी हिरासतमा एक महिलाको मृत्यु

रौतहटमा प्रहरी हिरासतमा एक महिलाको मृत्यु
बिहिबार, अशोज १५, २०७७

रौतहट । रौतहटमा फेरि एक जनाको प्रहरी हिरासतमै मृत्यु भएको छ। रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेकी महिलाको आज मृत्यु भएको हो।

मृत्यु हुनेमा गुजरा नगरपालिका २ कटानीटोलकी राधिका राउत भएको प्रहरीले जनाएको छ ।

उनि अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी थिइन ।

उनलाई बिहिबार बिहान प्रहरीको महिला सेल हिरासतमामहिला सेलका सुरक्षाकर्मीले आज बिहान राउतलाई मृत अवस्थामा फेला पारेका बताएका छन्।

कटानी बजारका एक युवकसँग अनैतिक सम्बन्ध राखेका बेला उनका श्रीमान सुमन राउतले बुधबार साँझ फेला पारी वडाध्यक्षको रोहवरमा प्रहरीको जिम्मा लगाएका थिए।

राधिकाले आफू छारे रोगी भएको र लामो समयदेखि औषधि सेवन गरिरहेको प्रहरीलाई बताएकी थिइन्।

हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको डिएसपी भरत श्रेष्ठले बताए।

यसअघि गरुडा नगरपालिका- ८ का निरन्जन रामको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको पनि गरुडा प्रहरी हिरासत मै मृत्यु भएको थियो। रामको गत भदौ १० गते मृत्यु भएको थियो।