जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारी २४ हजार घूससहित रंगेहात पक्राउ

जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारी २४ हजार घूससहित रंगेहात पक्राउ
बिहिबार, अशोज १५, २०७७

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घूससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यालय सहयोगी दिलीप पजियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घूस लिइरहेकै बेलामा पक्राउ गरेको हो ।

उनलाई वडा कार्यालयको परिसरबाटै गोप्य सूचनाको आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारीलाई घूससहित रंगेहात पक्राउ गरेको छ ।

बिहीबार जनकपुरधाम उपमहानगरपालिका- १३ का कार्यालय सहयोगी दिलीप पजियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घूस लिइरहेकै बेलामा पक्राउ गरेको हो ।

उनलाई वडा कार्यालयको परिसरबाटै गोप्य सूचनाको आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घूस लिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पजियारलाई निन्त्रणमा लिएको हो ।