कोरोना संक्रमणबाट कर्णाली प्रदेश अस्पतालका चिकित्सकको निधन

कोरोना संक्रमणबाट कर्णाली प्रदेश अस्पतालका चिकित्सकको निधन
बिहिबार, अशोज १५, २०७७

कोरोना भाइरस संक्रमणबाट कर्णाली प्रादेशिक अस्पतालका प्रमुख अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको मृत्यु भएको छ ।

डा. सापकोटाको बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो ३ः१० बजे निधन भएको अस्पताल प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार डा. सापकोटामा मधुमेह, निमोनियालगायतका समस्या थिए ।