आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो

आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो
आइतवार, अशोज १८, २०७७

काठमाडौ-सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको छ । तोलाको २ सय रुपैयाँ बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।