विदेशमा कोरोनाले थप १७ नेपालीको मृत्यु

विदेशमा कोरोनाले थप १७ नेपालीको मृत्यु
आइतवार, अशोज २५, २०७७
दोहा- गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म युएईमा १ जना र साउदी अरबमा १६ जना गरी थप १७ नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ ।

संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका विदेशमा विगत ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए ।

संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझ सम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् ।

उनीहरुमध्ये ३६ हजार ६ सय ७३ जना कोरोना भाइरसबाट मुक्त भइसकेका छन् । संक्रमित नेपालीमध्ये ८९ प्रतिशत कोरोनामुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।