क्यानको असोजमा हुने भनिएको साधारण सभा स्थगित

क्यानको असोजमा हुने भनिएको साधारण सभा स्थगित
मङ्लबार, अशोज २७, २०७७

काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) ले असोज २८ गतेका लागि तोकिएको साधारण सभा स्थगित गर्ने भएको छ ।

चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको थियो ।

तर कोरोना संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना कहर सुरु भएसगै क्यानको वार्षिक कार्यक्रम सहित साधारण सभा अनिश्चित बन्दै आएको छ ।