चाडपर्वलक्षित मात्र नभइ वर्षैभरी अनुगमन गर्न महासंघको माग

चाडपर्वलक्षित मात्र नभइ वर्षैभरी अनुगमन गर्न महासंघको माग
मङ्लबार, अशोज २७, २०७७

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न व्यवसायीहरुसँग अपिल गरेको छ ।

कोरोना महामारी चलिरहेका बेला कतिपय व्यवसायीहरुले म्याद गुज्रेका वस्तु बजारमा विक्रिवितरण गरेको जानकारी आएको भन्दै महासंघले आचारसंहिता पालना गर्न व्यवसायीहरुलाई आग्रह गरेको हो ।

महासंघले आज विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कहिल्यै र कहीकतैबाट जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही हुनुहुँदैन । कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट छैन ।’

व्यावसायिक आचारसंतिहविपरित काम गरे कानूनअनुसारको दण्ड व्यहोर्नुपर्नेतर्फ सचेत हुन महासंघले आग्रह गरेको छ ।

महासंघले चाडपर्वलक्षित अनुगमन मात्र नभएर वर्षैभरी अनुगमन गर्न समेत सरकारसँग माग गरेको छ ।