भारतमा थप ६० हजारमा संक्रमण

भारतमा थप ६० हजारमा संक्रमण
शुक्रबार, अशोज ३०, २०७७

काठमाडौँ– भारतमा थप ६० हजार जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ६० हजार ३६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ६५ हजार ४३५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६४ लाख ४८ हजार ५४५ जना संक्रमणमुक्त भएका छन् । ८ लाख ४ हजार ७४६ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १२ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।