आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो
शुक्रबार, अशोज ३०, २०७७

काठमाडौं-आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो स्थिर रहेको सुनको भाउ आज भने ४ सय रुपैयाँले बढेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।