यस वर्षको दशैंमा कुनै पनि शक्तिपीठ खोल्न नदिन गृहमन्त्रालयको निर्देशन

यस वर्षको दशैंमा कुनै पनि शक्तिपीठ खोल्न नदिन गृहमन्त्रालयको निर्देशन
शुक्रबार, अशोज ३०, २०७७

काठमाडौं-कोरोना जोखिमका कारण यस वर्षको दशैंमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन गृहमन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले परिपत्र जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले देशभरका कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको हो ।