फेसबुकमा ‘बलात्कारी समूह’ बनाउने युवक पक्राउ

फेसबुकमा ‘बलात्कारी समूह’ बनाउने युवक पक्राउ
शुक्रबार, अशोज ३०, २०७७

काठमाडौं- फेसबुकमा ‘बलात्कारी समूह’ बनाएर महिलामाथि अमार्यादित टिकाटिप्पणी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

प्यूठान घर भई नवलपरासी पूर्व बस्ने १९ वर्षीय नवीन बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

कावासोतीबाट प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो । उनले सो समूह आफुले बनाएको स्वीकार गरेका छन् ।

उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे अनुसन्धान जारी राखेको छ ।

सामाजिक सञ्जालमार्फत सूचना लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो ।