थप ३ हजार १६७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३८ हजार बढि

थप ३ हजार १६७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३८ हजार बढि
शनिबार, कार्तिक १, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ जना पुगेको छ। जसमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ४५१ जना, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

सोहि अबधिमा १ हजार ८ सय जनाले कोरोनालाई जितेका छन् ।

हाल देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्।

आज सम्म १३ हजार २९९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

हालसम्म १५ लाख ४३८ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ छ।