भक्तपुरमा आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

शनिबार, कार्तिक १, २०७७

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा अन्य सरोकारवालासँगको परामर्शपछि स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका अन्य सेवा बन्दको निर्णय गरेको हो।

दशैं सुरु भएको र कोरोना जोखिम थप बढेको निष्कर्षसहित स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो।

यस्तो छ सूचना