अब सार्वजनिक यातायातमा यात्रा गर्दा फेस सिल्ड अनिवार्य

अब सार्वजनिक यातायातमा यात्रा गर्दा फेस सिल्ड अनिवार्य
आइतवार, कार्तिक २, २०७७

काठमाडौँ-सार्वजनिक यातायातमा यात्रा गर्दा फेस सिल्ड (भाइजर) अनिवार्य लगाउन सरकारले अपिल गरेको छ ।

बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले अनिवार्य गर्नुपर्ने यातायात व्यवस्था विभागले बताएको छ ।

सार्वजनिक सवारीको सबै सिटमा यात्रुहरु बस्ने गरेको र भौतिक दूरी कायम हुन नसक्ने भएकाले मास्क लगाएजस्तै अब यात्रुहरूको लागि फेस सिल्ड अनिवार्य गरिएको हो ।

फेस सिल्ड नलगाउने यात्रुहरूले यात्रा गर्न नपाउने विभागले बताएको छ ।