आज २९४२ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ३९ हजार नाघ्यो

आज २९४२ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ३९ हजार नाघ्यो
आइतवार, कार्तिक २, २०७७

काठमाडौं-नेपालमा आज थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

जसमा ३९ हजार ३४१ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।