पछिल्लो २४ घण्टामा २३२६ कोरोना संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा २३२६ कोरोना संक्रमित डिस्चार्ज
आइतवार, कार्तिक २, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा २ हजार ३२६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।

यस्तै आज थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । जसमा ३९ हजार ३४१ सक्रिय संक्रमित रहेका छन् ।