काठमाडौं उपत्यकामा १६९८ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १६९८ कोरोना संक्रमित थपिए
आइतवार, कार्तिक २, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनामा कोरोना संक्रमण देखिएको हो ।

उपत्यकामा १ हजार ६९८ सहित मुलुकभर २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । जसमा ३९ हजार ३४१ सक्रिय संक्रमित रहेका छन् ।