उत्सव र जात्रा नगर्न चितवन प्रशासनको निर्देशन

उत्सव र जात्रा नगर्न चितवन प्रशासनको निर्देशन
आइतवार, कार्तिक २, २०७७

चितवन– जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हुने उत्सव र जात्रा नगर्न निर्देशन दिएको छ ।

कोरोनाको संक्रमणको जोखिम थप बढ्नसक्ने भन्दै प्रशासनले चाडपर्व लक्षित कार्यक्रम बन्द गर्न निर्देशन दिएको हो ।

चाडपर्वमा पारिवारिक भेटघाट बाहेकका अन्य कार्यक्रमहरु नगर्न सबैमा जानकारी गराइएको छ ।

अघिल्ला वर्षहरुमा हुने गरेका विभिन्न प्रतियोगिता तथा कार्यक्रम नगर्न निर्देशन दिइएको छ ।

मठमन्दिर एवं शक्तिपीठमा नित्य पूजाबाहेक दर्शन लगायतका अन्य गतिविधि रोकिएको हो ।

अहिलेको महामारीको समयमा स्थानीय प्रशासनको आदेश पालना नगर्नेलाई सङ्क्रामक ऐन, २०२० आदेश अपहेलनाअनुसार कारबाही गरिने प्रशासनले बताएको छ ।