अब कोरोनाको उपचार खर्च सरकारले नव्यहोर्ने

अब कोरोनाको उपचार खर्च सरकारले नव्यहोर्ने
आइतवार, कार्तिक २, २०७७

काठमाडौं-सरकारले कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ ।

आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीमा लक्षण भएमा मात्र सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।

त्यस्तै कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय भएको छ । यसअघि भने सरकारले संक्रमितको निस्शुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो।